सार्वजनिक संस्थानको दीर्घकालीन सञ्चालन यसरी

अघिल्लो लेखमा नेवानि सुधारका निम्ति भए गरेका प्रयास, विभिन्न कालखण्डका बेकामे प्रतिवेदन तथा सुझावसँगै सार्वजनिक संस्थानको सञ्चालन मोडेलमै रहेको समस्याबारे लेखेको थिएँ। यस लेखमा सार्वजनिक संस्थानको एकमुष्ट सञ्चालनको दीर्घकालीन समाधान निकाल्न किन जरुरी छ र यो कसरी गर्न सकिन्छ भन्ने विवेचना रहनेछ। सार्वजनिक संस्थानको स्थिति विचरणनेवानिजस्तै नेपालमा सरकारी (नेपाली जनताको) स्वामित्वको अन्य ४३ […]

नेवानिलगायत संस्थाको सुधार: पहेली र पहल

अत्यधिक चासो, चिन्ता र बहस भइरहने सार्वजनिक संस्थान/व्यवसायमध्ये अग्रस्थानमै पर्छ नेपाल वायुसेवा निगम (नेवानि)। त्यसो त नेपाल आयल निगम, समय–समयमा विद्युत् प्राधिकरण, कर्णालीका जनतालाई कुहिएको चामल–गहुँ आपूर्ति गरिदिँदा खाद्य संस्थान, उपभोक्तालाई नगदमा दूध बेचेर किसानको पैसा नतिर्ने दुग्ध विकास संस्थानलगायत अन्य सरकारको स्वामित्वमा रहेका संस्थानबारे पनि बहस भइरहन्छन्।  आर्थिक विकास र समृद्धिको प्रमुख आधार […]

निकुञ्जमा ‘हेलिकप्टर उडान’का दुई अतिवाद र समाधान

नेपालको हिमाली भेगमा हिउँ पर्ने याम शुरू भएको छ। एकातिर हिमपातले सगरमाथा क्षेत्रको मौसम चिसिएको छ भने अर्कोतिर सगरमाथासहित समग्र पर्यटन क्षेत्र व्यावसायिक हेलिकप्टर उडान निषेध गर्ने र खुलाउने पक्षबीचकाे घम्साघम्सीले तातिएको छ।  सरकार एकातिर नेपाल भ्रमण वर्ष र भ्रमण दशक मनाउने भनेर काम गरिरहेको छ भने अर्कोतिर पर्यटनको विभिन्न आयाम र सवालमा […]

पर्यटन क्षेत्रमा पेशा-जीवनवृत्ति अवसर

पर्यटन आफ्नो वासस्थान छाडेर छोटो समयको लागि अन्यत्रै गई व्यवसायिक सेवा दिने संस्थाहरुको प्रयोग गरी गरिने घुमघाम लगाएत विविध गतिविधिहरु जस्तै साहसिक कार्यहरु -खेलहरु, आरामदायी बसाई, मनोरंजन लिनु हो । हालैका दिनहरुमा पर्यटनका प्रकारहरु र आयामहरू धेरै बढेर गैरहेका छन् । खेल, मनोरंजन, बिलासिता, कृषि, स्वास्थ्य-आरोग्य, शिक्षा, प्रकृति संरक्षण र रसास्वादन जस्ता सवै […]

पर्वतीय पर्यटनको उद्धार र भ्रमण वर्ष २०२०

आइतबार, २१ असोज २०७५ , राताेपाटीमा प्रकाशित विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस गत सेप्टेम्बर २६ मा कर्मकाण्डी पाराले मनाइयो । पर्यटन मन्त्रीले ‘पर्यटन वर्ष २०२०’ मात्र मनाउने नभई २०२०–३० को दशकलाई पर्यटन भ्रमण दशकका रूपमा मनाउने भनेका छन् ।  पर्यटन मन्त्री अधिकारीको पद बहालीसँगै भैरहवा र पोखराका सीमित क्षमताका अन्तर्राष्ट्रिय विमानस्थलको […]

भावुक ‘सारंगी’मा घोलिएका केही ‘मन्दविष’

लक्ष्मीपूजाकाे दिन पारेर प्रदर्शित चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले नसोचेको मात्रामा लक्ष्मी कमाएन मात्र, कतिपयलाई उद्वेलित बनायो। एकातिर दर्शकको रुवावासी चलेको समाचार आए भने अर्कोतर्फ चलचित्रले नेपाली सिनेमा जगतमा अनेकन् रेकर्ड बनायो। चलचित्रबारे चर्चा, बहस, समीक्षा, टीकाटिप्पणीहरू सकारात्मक र नकारात्मक दुवै कोणबाट अन्य कुनै पनि चलचित्र भन्दा निकै बढी भयो। यस चलचित्रलाई कतिले ‘सारंगी’ […]

भ्रष्टाचार अन्त्यका लागि एक निर्मम प्रस्ताव

गत जेठ ५ गते आर्थिक भ्रष्टाचार: केही प्रसंग, केही प्रकरण शीर्षकमा एक लेख लेख्दै नेपालमा भ्रष्टाचारको आयाम अत्यन्त विकराल र सर्वत्र रहेको, सदियौँ लामो शृंखलाबाट निसृत रहेकोले यसको नियन्त्रणमा सरकारले हाल गरिरहेको प्रयासले केही आशा जगाए पनि वास्तवमै दीर्घकालीन रूपमा समाधान दिँदैन। र, यसविरुद्ध एउटा छुट्टै लडाइँको रूपमा ‘राष्ट्रिय शुद्धीकरण वा निर्मलीकरण अभियान’ आवश्यक छ र […]

आर्थिक भ्रष्टाचार: केही प्रसंग, केही प्रकरण

२०८० जेष्ठ ५, शुक्रबार, उकालाेमा प्रकाशित नेपालमा यतिखेर गर्मीयाम शुरू भएसँगै साँझतिर सानातिना हावाहुरी आइरहेका छन्। गर्मीको तातो र हावाहुरीले भन्दा ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणले देश ज्यादा तातेको छ। त्यसैको चक्रवातमा परेर बडेबडे नेता र कर्मचारी प्रहरी हिरासतमा पुगेका छन्। सरकारी दस्ताबेजमै कीर्ते गरी भुटानी शरणार्थी बनाइ सयौँ नेपालीलाई अमेरिका लगिदिने भन्दै करोडौँ […]

नेपाली क्रिकेटमा समावेशिताको मुद्दा

उकालाेमा प्रकाशित लेखकाे कपी २०७९ चैत्र २ गते कीर्तिपुर खेल मैदानमा नेपालले युएईसँगको खेलमा रोमाञ्चक जित हात पार्दै २०८० कार्तिक ८ देखि भारतमा हुने विश्वकपको छनौट खेल खेल्न जिम्बावे जाने यात्रा तय गर्‍यो। यसको ठिक पाँच वर्ष पहिले, २०७४ चैत १ गते जिम्बावेमा भएको प्रतियोगितामा पपुवा न्यु गिनीलाई हराउँदै नेपालले चार वर्षका लागि […]

पर्यटन क्षेत्रमा प्रतिगमन निम्‍त्याउने विधेयक र सुधारका सवाल

जेठ २८, २०७७ बुधबार, थाहखवरमा प्रकाशित लेख: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन ऐन २०३५ को प्रतिस्थापन गरी  पर्यटन ऐन २०७७ जारि गर्न बिधेयक तयार पारेको छ । मन्त्रालयले स्व. रविन्द्र अधिकारि मन्त्रि हुँदा नै शुरु गरी, केहि सिमित सरोकारवाला व्यक्ति तथा समुहहरुसंग छलफल समेत चलाई, अन्तिम स्वरुप दिएर संसदमा पेश गर्न […]