Articles, Blogs, and Views

समाजमा वग्रेल्ति समस्याहरु देखेपछि कहिले काहीँ अाक्राेशका रुपमा वा कहिलेकाहीँ सुझावका रुपमा विभिन्न विषयहरुमा कलम चलाउने गर्दछु । यसमा समसामयिक विषयहरु, पर्यटन, खेल, भ्रष्टाचार, कला-साहित्य वारेका केही लेखहरु संग्रहित गरेकाे छु । समय मिले पढेर सुझाव, प्रतिक्रिया दिनुहुने अपेक्षा पनि गर्दछु ।

I write sometime on issues across the society. Tourism as my long time career is in priority. Politics and society is another interest as my academic involvements. Literature is also at the bottom of list where I engage in.

****************

लेख १२ः

हालसम्म चार-पाँच-छ पटकका दरले प्रधानमन्त्री बनेकाको, १८ पटकसम्म मन्त्री बनेकाको वा अर्थतन्त्रको अझै पनि नबुझेको अर्थमन्त्रीको कुनै बुद्धि र बर्कतले यसरी सार्वजनिक संस्थानको सुधार गर्छन् भन्ने कामना गर्नु मूर्खता हुनेछ। 

यस्तै, ४-६ महिनाका लागि सरुवा भएर करबलले अर्थ मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थान महाशाखामा आउने र फेरि अर्को मालदार अड्डामा कुद्न हरसमय नेताको चाकरी गरिहिँड्ने कर्मचारीले सार्वजनिक संस्था सुधार गरिदिन्छन् भनेर सोच्नु अर्को मूर्खता हुनेछ। मन्त्रालयबाट विभिन्न सार्वजनिक संस्थानमा गई भत्तामा रमाएका प्रशासनमा पोख्त प्रतिनिधिले नयाँ तरिकाले सोच्छन् र परिवर्तन गर्छन् भनेर सोच्नु पनि अर्को मूर्खता र दिवास्वप्न मात्र हुनेछ।
पुरा लेख पढ्न,

२०८१ फाल्गुण २८ गते उकालाेमा प्रकाशित लेखकाे पुरा लिंक
https://www.ukaalo.com/opinion/20250312-reforming–public-institution-nepal/24071

******************
लेख ११ः

१० वर्षको अवधिमा एउटा समिति बनाउने, त्यसको प्रतिवेदन पढ्ने अर्को समिति बनाउने, एक पटक एउटा मोडेल र अर्का पटक अर्कै मोडेल अध्ययन गर्न समिति बनाउने जस्ता पुङ न पुच्छरका काम भइरहे। यी समितिले कुनै पनि नयाँ र अभिनव समाधान अगाडि नसारी कम्पनी मोडेलमा लाने नै मात्र ध्येयमा अघिल्लो समितिको प्रतिवेदनको शेयर संरचना यताउता पार्नेभन्दा अरू माखो मारेन।  

उकालाेमा २०८१ फाल्गुण १८ मा प्रकाशित लेखकाे लिंक
https://www.ukaalo.com/opinion/20250301-nepal-airlines-reformation/23862

***********************

लेख १०ः

निकुञ्ज र प्राकृतिक सम्पदा नेपालमा पर्यटन विकासको महत्त्वपूर्ण आधार रहिआएको छ। निकुञ्ज वा संरक्षित क्षेत्रभित्र शुल्क तिरेर प्रवेश गरेका पर्यटकको सुरक्षा र उद्धारमा कुनै जिम्मेवारी नहुने किसिमको ऐन बनाइएको छ। कैयन अप्ठ्यारा र अनकन्टार हिमालयका खोँच र उच्च हिमाली पासहरूमा निकुञ्जको तर्फबाट हालसम्म कुनै पनि किसिमको सहयोग प्रणाली बनाएर लागु गरेको पाइँदैन, जुन आवश्यक छ।  —अरु लेखमा ।

२०८१ माघ ३, बिहीबार मा उकालाेमा प्रकाशित
https://www.ukaalo.com/opinion/20250116-conservation-area-helicopter-flight/22935


************************************************

लेख ९ः

तर चलचित्र कुनै पनि कोणबाट सोसल ड्रामाका रूपमा देखिँदैन। ‘गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तु’ भने पनि खासमा चलचित्र गन्धर्व समुदायले २०४० काे दशक (चलचित्रमा समेटिएको समय) मा भोग्नु परेको छुवाछुत, र भेदभावबारे बेखबर देखिन्छ। 

२१ कार्तिक २०८१ मा प्रसारित एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा लेखक तथा निर्देशक सरोज पौडेलले एक पटक गन्धर्व समुदायबारे उल्लेख गर्दा ‘दलित परिवार’ उच्चारण गरे र लगत्तै सच्याउँदै ‘दलित नै त नभनाैँ, वर्गीय हिसाबले पिछडिएको समाज’ भनेका छन्। यस्तै, २०४० देखि २०६५ सालसम्मकाे समय (चलचित्रको समय) मा थिचोमिचो थियो, अहिले त त्यस्तो समस्या केही छैन, ठिक भइसक्यो भनेका छन्।  यसबाट लेखक तथा निर्देशक पौडेल तत्कालीन र वर्तमानमै पनि नेपाली समाजमा रहेको सबैभन्दा जटिल समस्या बुझ्न असमर्थ रहेको या पन्छाउन, छोप्न वा अनदेखा गर्न अग्रसर देखिन्छन्।

  उकालाेमा प्रकाशित लिंक: https://www.ukaalo.com/opinion/20241128-purnabahadurkosarangi-sarangi-nepalifilm-dalit/21914

************************************

लेख ८ः

यसैले राष्ट्रिय शुद्धीकरण वा निर्मलीकरण
नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणअनुसार ‘निर्मल’को अर्थ शुद्ध, दाग नभएको, दोषहीन वा स्वच्छ हो। अतः ‘निर्मलीकरण’लाई शुद्ध पार्ने कार्य, दाग नहुने अवस्था, स्वच्छ बनाउने प्रक्रिया भनेर बुझ्न सकिन्छ। यस्तै, ‘शुद्धीकरण’ शब्दले अशुद्धलाई शुद्ध बनाउने प्रक्रिया जनाउने उल्लेख छ। ‘शुद्ध’को अर्थ यसै शब्दकोशमा निर्मल, छलकपट केही  नभएको, दाग वा दोष नभएको भनेर उल्लेख छ।  

सबैलाई शुद्ध पार्ने, दागरहित बनाउने, निर्मल पार्ने कार्य भनेर राष्ट्रिय शुद्धीकरण वा निर्मलीकरणलाई बुझौँ, जसको दायरामा हर कोही व्यक्ति, संघ, संस्था, राज्यका संरचना र संयन्त्र पर्छन्। आजसम्म चलिरहेको जस्तो छानाछानी कारबाही अगाडि बढाउने, आफ्ना नजिकका कोही पर्न आँटे फुत्काउने, नक्कली कसुरदार खडा गर्ने र असली उम्काउने, अनियमितता गर्ने कालान्तरमा पहुँचवाला भएर निस्कनेजस्ता समस्या बल्झिरहने हुनुभन्दा एक पटक ठूलाे लडाइँ लड्ने, सबैले त्याग गर्ने र देशको निर्माणमा सबैले योगदान गर्ने भन्ने अभिप्रायको अभियान हो यो। 

उकालाेमा पढ्न यहाँ खिच्नुहाेस् …
https://www.ukaalo.com/opinion/20230816-corruption-nepal-a-resolution/9474?fbclid=IwY2xjawGgNKFleHRuA2FlbQIxMQABHZznpy9E1Jh0BiJehbvZlii4TE0TYiVF7x7tCaPUM4mLEUZYT5afGJdbfQ_aem_Y1jDiL6VMLqttJId3znhBA

**************************************************************

लेख ७ः


ऐ मेरी जमीं महबूब मेरी, मेरी नस-नसमे तेरा इश्क बहे
फीका ना पडे कभी रंग तेरा, जिस्मोसे निकलके खून कहे।।
तेरी मिट्टीमें मिल जावाँ …
(हे मेरो जमिन, मेरो प्रिय मातृभूमि, मेरो नसा-नसामा तिम्रो प्रेम बहन्छ,
तिम्रो रङ कहिल्यै फिका नहोस्, मेरो ज्यानबाट निस्केको रगत यही भन्छ।
तिम्रो माटोमा मिल्न पाउँ…)
जो कसैलाई आफ्नो देश, जन्मेको माटो, खेतबारी र आँगन प्रिय लाग्छ। मुगलान पसे पनि र परदेशी भए पनि पुर्ख्यौली परिवेश, संस्कार र संस्कृतिको नोकर हुन्छ मान्छे। यसैले त शताब्दीयाैँदेखि मलेसिया, सिंगापुर, बर्मा, भुटान बसेका नेपालीभाषी हुन् वा भर्खरै अमेरिका, अस्ट्रेलिया, बेलायत पुगेर उतै बसे/रमाएका नेपाली हुन्, आफ्नोपनको खोजीमा उनीहरू लागि नै रहेका छन्। 
उसो भए, किन यति धेरै नेपाली नागरिक आफ्नो परिवार, प्रिय आँगन, नातागोता, देश, माटो र नागरिकता त्यागेर, मोटो रकम तिरेर, कष्टकर बाटोमा ज्यानको बाजी राखेरै भए पनि बिरानो मुलुक जान अभिसप्त छन् वा लालायित छन्?
******

उकालाेमा प्रकाशित लिंक:
https://www.ukaalo.com/opinion/20230518-fakebhutanaes-fake-documents-topbahdaur-balkrishna-khand/6899?fbclid=IwAR3tsHPPA6QIMnb4X7acM_qzeAxauohimRxhbV01p3QhKjKCrE6ffaBfFxU

**********************************
लेख ६ः

वास्तवमै, आजको नेपाली क्रिकेट टिम लोभलाग्दो गरी समावेशी छ। जसको जीतले देशका हरेक समुदायले अपनत्व र गौरव महसुस गर्न पाएको छ। खासमा समावेशी नीतिको प्रमुख उद्देश्य नै देशका सबै समूह, समुदाय र तप्काले अपनत्व महसुस गर्नु/गराउनु हो। यसैको लागी जिम्बावे र दक्षिण अफ्रिकाले प्रशस्त क्षतिसहित लामो यात्रा हिँड्नु परेको हो। 

राज्यस्तर र समाजमै जातीय, क्षेत्रीय भेदभाव, असमानता रहेको नेपालमा पछाडि पारिएका समुदायबाट खेलमा प्रतिनिधित्व गर्ने खेलाडीहरूले छनौट, प्रशिक्षण वा खेलको दौरान तथा अन्य सामाजिकीकरणका बेला के कस्ता समस्या भोग्छन् वा भोग्दै आइरहेका छन् भन्ने विषय थप छलफल र अध्ययनको विषय हो।

उकालाेमा प्रकाशित लेखकाे लिंक: https://www.ukaalo.com/opinion/230323-cricket-nepal-inclusive-practice-can/5315

************************************
लेख ५ :

जेठ २८, २०७७ बुधबार

यस लेखमा मैले पर्यटन विधेयक, २०७६ नेपाल र विश्वको बदलिँदो समय-सन्दर्भ, परिवेश तथा फराकिलो पर्यटकीय ज्ञान पक्रन नसकेको, उद्यमशीलता प्रोत्साहन नगर्ने साथै कम व्यवसायमैत्री भएको, नेपालको संविधान २०७२ तथा संघीयताको मर्म विपरीत आएको र केही पर्यटन माफियाहरू र कर्मचारी तप्काले समग्र पर्यटन आफूअनुकुल चलाउन राजनैतिक नेतृत्वको काँधमा बन्दुक राखेर पड्काउन प्रयास गरेको देखिन्छ भनेर तर्क गरेको छु।

व्यवसाय मैत्री हुने नाममा हाम्रो देशमा सरकार र राजनैतिक नेतृत्व माफियामैत्री, दलालमैत्री, अपराधमैत्री, अवैध धन्दामैत्री हुने चलन छ। खासमा व्यवसायमैत्री हुनु भनेको व्यवसाय सजिलै खोल्न सकिने, क्षमता अभिवृद्धि गर्न सरकारी सहयोग प्राप्त हुने, उद्यमशीलतालाइ र नवीन सोचलाई प्रोत्साहन गर्ने, धेरै युवाहरूलाई आकर्षित गर्न सक्ने हुनु हो। धरौटी बढाउने, वर्गीकरण गर्ने जस्ता अनुपयुक्त बुँदा हटाएर थप उद्यमशीलता वृद्धि हुनेगरी ऐन आउन जरूरी छ।

सरकारी अधिकृतलाई मगन्ते अधिकृत नबनाई साँच्चै अनुगमन/सहजकर्ता अधिकृत बनाउने गरी ऐन जारी गर्नुपर्दछ। अन्तर्राष्ट्रिय जगतमा सरकारको र नेपाली जनताको बेइज्जत हुने खालको मगन्ते पाराको सम्पर्क अधिकृत जाने प्रबन्धमाथि पुनर्विचार नगरी विधेयक पास गर्नु घातक छ।

थाहखवरमा प्रकाशित लेखकाे लिंक: https://thahakhabar.com/news/100017/

*********************************************
लेख ४ :

पर्वतीय पर्यटनकाे उद्दार र भ्रमण बर्ष २०२०

आइतबार, २१ असोज २०७५ प्रकाशित राताेपाटी

केही सीमित निषेधित क्षेत्र र पर्वतारोहणमा जाने पर्यटकका लागि अनिवार्य गरिएको सम्पर्क अधिकृतका रूपमा जाने सरकारको अधिकृत जस्तो व्यक्तिहरूले पनि पर्यटकसँग भिखारीले जसरी स्लिपिङ ब्याग, बोक्ने झोला, टोपी, पन्जा, जुत्ता, मोजा, खाना खर्च, बस्ने खर्च आदि इत्यादि माग्ने चलन भएको हाम्रो देशमा प्रहरी प्रशासनबाट विश्वसनीय र छिटो उद्धार हुन्छ भनेर विश्वास गर्ने आधार निकै झिनो छ । 

पर्यटन क्षेत्रको विकास, बिस्तार गरेर सम्वृद्धिको यात्रा सम्पन्न गर्ने हो भने अब सरकारले तुरुन्तै निम्न कुराहरूबाट उद्धार गर्न थाल्नु पर्छ ।

१. पर्यटन मन्त्रालयको क्षमता विस्तार गर्ने ।

राताेपाटीमा प्रकाशित लेखकाे लिंक: https://www.ratopati.com/story/63580

***************************************
लेख ३ :

ताकुकाेट सेवा समाजकाे स्मारिकामा प्रकाशित

***********************

लेख २ :
Strong and Resilient: Nepali Recovered from the shock of Earthquake Immediate

In Jorsalle, a tiny town located along Dudh Koshi River in Everest region before Namchebazar, we were waiting for our lunch to be served. Suddenly, we experienced a tremor of earthquake. We screamed. We ran away to possible safer places. Some mothers appeared in the yard carrying baby in their laps. Alas! tremble was not that strong. It was for very short moment and 5.1 Richter scale only.My South African clients exclaimed to me, Oh ! You also run away? Are you afraid of this tremor?I replied, can’t we be frightened? Should we pretend as if we are fearless or show we are heroic?We, Nepali, were recovering gradually from the great shock of 2015 April’s Gorkha earthquake that measured close to 8 Richter scale. Even in 2019, we were getting aftershocks quite regularly though of smaller scales, and less destructive.In April 25, 2014 Nepal’s part of the earth was under huge jolt. The total death toll was 9000 and more than 22,000 were injured. At the Base Camp site of Mt. Everest, 21 climbers and … READ MORE

**************************************
लेख १ :
Terrific experience of Earthquake 2015 by a Mountain Guide who survived a Rockfalling

I am a trekking Guide in Nepal for the last twenty years. I had never ever come across with such a
powerful and devastating disaster in the mountain since I started. The country’s Western, Central and Eastern part, where tourism activities are concentrated and most of the beautiful trekking trails are located were shaken by the powerful earthquake of 25th , 26th  April & 12th  May 2015 which now known well as Gorkha earthquake. The epicenter of the earthquake was in the region called Gorkha.

We, party of 6 were walking in Machermo – Gokyo section of Everest region on that day. The weather was not good, it was snowing continuously since last night and it was cloudy while we were walking. The trail was muddy, slippery and really challenging. As we approached in a uphill / cliff after passing small town of Phanga, we experienced powerful tremor  … READ MORE

न्युजिल्याण्ड नेपाली समाजकाे स्मारिकामा प्रकाशित

I have some collections of articles, and views in my blog. If you are interested to know how I think, and what I think then you can click here and read them.